2005-09-22 - press release - NA२०६२-०६-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19761 अभिलेखालय सि. नं.: NCA-19761

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।
आज आश्विन ६ गते सुनसरी जिल्लाको धरानस्थित उच्च बाँध परियोजना कार्यालय परिसरमा आतंककारीहरुको एक समुहले IED (Improvised Explosive Device) विष्फोट गराएका छन् ।

यही आश्विन ४ गते लम्जुङ्ग जिल्लाको चिती इलाकाका र्सवसाधारण व्यक्तिहरुलाई आतंकित बनाउँदै ३ देखि १० पाथीका दरले खाद्यान्नका साथै ७५० रुपैयाका दरले नगद समेत अशुलेका छन् ।

आतंककारीहरुले यही आश्विन ५ गते म्याग्दी जिल्लाको देवीस्थान, विम, दरवाङ्ग, बावियाचौर आदि इलाकाहरुबाट कक्षा ७ देखि माथिका विद्यार्थीहरु, यही आश्विन २ गते जाजरकोट जिल्लाको खलंगा इलाका निवासी गणेश बटाला तथा रोल्पा जिल्लाको जैमकसला इलाकाबाट १०० जना र्सवसाधारणहरुलाई अपहरण गर्नुको साथै रोल्पा जिल्लाकै गाम र सिउरी इलाकाका स्थानीय बासिन्दाहरुलाई आवत जावत गर्न प्रतिबन्ध लगाएका छन् ।

RNA HQ
22 September 2005