2005-09-21 - press release - NHRC२०६२-०६-०५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19760 अभिलेखालय सि. नं.: NCA-19760

मिति: 2005-09-21
डा. गिरीको भनाइप्रति आयोगको ध्यानाकर्षण , २०६२ आसोज ५

प्रेस विज्ञप्ति

राष्ट्रिय मानव अधिकार आयोगले श्री ५ को सरकारलाई आज एक पत्र पर्ठाई यही असोज ४ गतेको कान्तिपुर दैनिकमा मन्त्रिपरिषद्का उपाध्यक्ष डा. श्री तुलसी गिरीले व्यक्त गर्नुभएको भनी प्रकाशित समाचारमा उल्लेखित "सरकारले नियुक्त गरेकेा आयोगका सदस्य" भन्ने वाक्यांश र "माओवादीको युद्धविरामको मानव अधिकार आयोगले स्वागत गरेकोमा आक्रोश व्यक्त गर्नुभयो" भन्ने वाक्यांशप्रति आयोगको गम्भीर ध्यानाकर्षा भएको जनाएको छ।

''आयोग कानूनद्वारा स्थापित स्वतन्त्र राष्ट्रिय निकाय भएको हुनाले यसले कानुनद्वारा दिएको अधिकार क्षेत्र भित्र रही स्वतन्त्र र निष्पक्ष भएर काम गर्दछ। यसले गरेका निर्ण्र्ाा सिफारिस आदि कानुनको प्रक्रिया अनुसार नै श्री ५ को सरकारमा प्रेषित हुन्छन् र सो को निकास पनि कानून बमोजिम नै हुने हुन्छ। अतः आयोगको स्वतन्त्रता र निष्पक्षतामा आँच आउने गरी कुनै कार्य हुन नदिनेतर्फसजगता अपनाउन र आयोगको काम कार्वाहीमा सघाउ पुर्‍याउन आयोग श्री ५ को सरकार समक्ष अनुरोध गर्दछ '' आयोगले पत्रमा भनेको छ।

केदारप्रसाद पौड्याल

प्रवक्ता