2005-09-21 - press release - NA२०६२-०६-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19757 अभिलेखालय सि. नं.: NCA-19757

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका दैलेख जिल्ला खरिगैरा इलाका निवासी कथित गा.ज.स.प्रमुख केशवबहादुर रावत, कथित सचिव प्रेमबहादुर थापा र नौमुले निवासी कथित महिला अध्यक्ष केसिला सिंजाली तथा सोलुखुम्वु जिल्ला पवाई इलाका निवासी कथित जिल्ला कमिटि सदस्य मनसरी र्राईले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट आफूहरुमा बितृष्ण पैदा भएको कारण उक्त समूह परित्याग गरी यही आश्विन २ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
21 September 2005