2005-09-19 - press release - NA२०६२-०६-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19747 अभिलेखालय सि. नं.: NCA-19747

आत्मर्समर्पण

बिगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट आफूहरुमा बितृष्ण पैदा भएको कारण उक्त समूह परित्याग गरी निम्न मितिमा सुरक्षाफौज तथा स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

मिति २०६२ भाद्र ३१ गते दैलेख जिल्ला बालुवाटार इलाका निवासी कथित किसान संगठन क्रान्तिकारीको अध्यक्ष बम बहादुर खड्का र कथित वडा प्रमुख नन्द बहादुर सिंजाली, भोजपुर जिल्ला बोया इलाका निवासी सोभित र्राई र मिलन र्राई ।

मिति २०६२ भाद्र २९ गते मोरङ्ग जिल्ला खोवाङ-४ निवासी राजु दहाल र चन्द्र सेञ्चुरीले सकेट बम-१ सहित ।

RNA HQ
19 September 2005