2005-09-14 - press release - CPN-M२०६२-०५-२९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20973 अभिलेखालय सि. नं.: NCA-20973

वक्तव्य

१. हाम्रो जनयुद्धको रणनैतिक प्रत्याक्रमण चरणको पहिलो योजना कार्यान्वयनको क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जनमुक्ति सेना, नेपालले मध्ययुगीन सामन्ती बर्बरतालाई माथ गर्ने ज्ञानेन्द्र शाहीको सामन्ती निरंकुश फासीवाद र शाही सैनिक अधिनायकवादका विरुद्ध उच्च सैन्य आक्रमण गरी नेपाली जनताको शान्ति र प्रगतिको विचार र भावनालाई मूर्तता प्रदान गर्न संविधान–सभाको भरपर्दाे माध्यमबाट लोकतान्त्रिक गणतन्त्र स्थापनाको मार्ग प्रशस्तिका लागि कालिकोट, जिल्ला दहाँ गाजसस्थित शाही सेनाका पिली बेस क्यामपमाथि गत साउन २३ गते आक्रमण गरी कब्जामा लिइएको घटनाले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय रुप धारणा गरिसकेको छ। शाही सेनाको उक्त बेस क्याम्पलाई कब्जामा लिने क्रममा जनमुक्ति सेनाले शाही सेनाका ६० जनालाई आफ्नो नियन्त्रणमा लिएपछि हाम्रो भेरी–कणाली स्वायत्त गणतान्त्रिक सरकार अन्तर्गत युद्ध सम्बन्धी मालेमावाद र प्रचण्डपथको मान्यता, मानवअधिकार र जेनेभा महासन्धीप्रतिको हाम्रो प्रतिबद्धताअनुसार युद्धबन्दीको रुपमा स–सम्मान राखिएको थियो।

२. हाम्रो पार्टी हेडक्वार्टरको निर्देशनमा संयुक्त राष्ट्रसंघ आइसीआरसी, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ÷संगठन, राजनैतिक पार्टी र नागरिक समाजद्वारा बन्दी रिहाइको निम्ति गरिएको पहल एवं बन्दीका आफन्तजनहरुको आकांक्षा र भावनाको कदर गर्दै हाम्रो स्वायत्त गणतान्त्रिक सरकारले आइसीआरसीको मध्य तथा सुदूर–पश्चिम क्षेत्रको प्रमुख प्रतिनिधि कोर्नेलिया मैलेको नेतृत्वमा आएको छ सदस्यीय टोली समक्ष भाद्र २८ गते जाजरकोट जिल्लामा जनसमुदायको उपस्थिति सहित औपचारिक कार्यक्रम सम्पन्न गरी २९ गते विहान बन्दीहरुलाई हस्तान्तरण गरिएको छ। बन्दकहरु ज्ञानेन्द्र शाहीको जंगली सत्ता र सेनाको नियन्त्रणमा गइसकेपछि बन्दीहरुको मानवधिकार र जेनेभा महासन्धीको घोर उल्लंघन हुने निर्णयप्रति संयुक्त राष्ट्रसंघ, आइसीआरसी लगायत समपूर्ण मानवधिकारवादी संस्था, नागरिक समाज र आम जनसमुदायलाई पूरै सजग रहन हामी विशेष आगह गर्दछौं।

३) हाम्रो सरकारको मातहतमा बन्दी रहँदासम्म बन्दीहरुको सुरक्षार्थ अहोरात्र खट्ने जनमुक्ति सेना, नेपाल, व्यवस्थापकीय भूमिका निर्वाह गर्ने जनसमुदाय र रिहाइको निम्ति पहल गर्ने आइसीआरसी लगायत सम्पूर्ण संघ÷संगठन एवं नागरिक समाजप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं।

२०२६ भाद्र २९ गते

खड्गबहादुर विश्वकर्मा
अध्यक्ष
भेरी–कर्णाली स्वायत्त गणतान्त्रिक सरकार