2005-09-13 - press release - NHRC२०६२-०५-२८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19736 अभिलेखालय सि. नं.: NCA-19736

मिति: 2005-09-13
आयोगले अनुगमन थाल्यो, २०६२ भदौ २८

प्रेस विज्ञप्ति

ललितपुर, भदौ २८, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले राजधानीका विभिन्न स्थानहरूमा राजनीतिक दलहरूले आयोजना गरेको विरोध पर््रदशनका क्रममा भएका घटनाहरूको अनुगमन शुरू गरेको छ।

अनुगमनका सिलसिलामा आयोगका सदस्यहरू सुशीला सिंह सिलु, सुदिप पाठक, गोकुल पोखरेल र डा. रामदयाल राकेश सहित आयोगका संरक्षण अधिकृतहरू सम्मिलित आयोगका विभिन्न टोलीले आज राजनीतिक दलहरूद्वारा आयोजित विरोध पर््रदशनको अनुगमन सम्पन्न गर्‍यो।

केदारप्रसाद पौड्याल

का.मु. सचिव