2005-09-08 - press release - NA२०६२-०५-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19734 अभिलेखालय सि. नं.: NCA-19734

सुशोभन समारोह सम्पन्न

श्री ५ महाराजाधिराज सरकारबाट असिम निगाह बक्स भएको परदेश सेवा पदक, परदेश सेवा पदकको खुकुरी तथा नगद पुरस्कार संयुक्त राष्ट्र संघको आव्हानमा बुरुण्डीमा शान्ति स्थापनार्थ कार्यरत श्री महिन्द्रदल गण (शान्ति सेना) दोश्रो डफ्फाको दोस्रो टोली सफलतापूवक आफ्नो कार्यकाल पुरा गरी हिजो भाद्र २२ गते स्वदेश फिर्ता भएका अधिकृत-४, पदिक-२१ र अन्य दर्जा-१८७ गरी जम्मा २१२ जनालाई गौचरस्थित व्यारेक हातामा आयोजित सुशोभन समारोहमा संभाररथी उपरथी श्री प्रकाश बहादुर बस्न्यातले हिजै उक्त पुरस्कार प्रदान गर्नु भयो ।

उक्त अवसरमा शाही नेपाली सेनाका अन्य रथीबृन्द तथा सेनानी समुहको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
08 September 2005