2005-09-08 - press release - NA२०६२-०५-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19732 अभिलेखालय सि. नं.: NCA-19732

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, लुटपाट, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

यही भाद्र २१ गते आतंककारीहरुको एक समूहले बाँके जिल्लाको बासुदेवपुर इलाकास्थित एकर् इट्टाभट्टामा चौकिदारको रुपमा काम गर्ने हिरालाल लोहार नाम गरेका व्यक्तिलाई बाँधेर निर्घातकुटपिट गर्नुको साथै इट्टाभट्टामा भएको पानी तान्ने मोर्टर गोटा-१५, टेलिफोन सेट, विभिन्न फर्निचरका सामानहरु तथा कुखुराहरु समेत लुटेर लगेका छन् ।

यही भाद्र २० गते बैतडी जिल्लाको कैलाशमाण्डौं इलाकाका केही युवा-युवतीहरुलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
08 September 2005