2005-09-07 - press release - NA२०६२-०५-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19726 अभिलेखालय सि. नं.: NCA-19726

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुको हत्या, हिँसा, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरुबाट बितृष्णा पैदा भएको कारण उक्त समुह परित्याग गरी स्थानीय जिल्ला प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

दैलेख जिल्ला बडालम्जी गा.बि.स-४ निवासी कथित बुद्धिजीवि जिल्ला संयोजक बालराम उपाध्यायले यही भाद्र २१ गते ।

बैतडी जिल्ला देवगाउँ निवासी सरेकुमारी नाथ "शर्मिला" ले यही भाद्र २० गते ।

दैलेख जिल्ला तोली गा.बि.स.-४ निवासी कथित सेक्सन भि.सि. श्याम कुमारी शाही तथा सोही जिल्ला रानीवन गा.बि.स.-८ निवासी कथित गा.ज.स. प्रमुख अमरबहादुर शाहीले यही भाद्र १२ गते ।

RNA HQ
07 September 2005