2005-09-07 - press release - NA२०६२-०५-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19725 अभिलेखालय सि. नं.: NCA-19725

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, लुटपाट, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

यही भाद्र २० गते सुर्खेत जिल्लाको सहारे गाउँमा आतंककारीहरुको एक समूहले स्थानीय वासिन्दाहरुबाट बलजफ्ती रकम अशुल्ने क्रममा स्थानीय बासिन्दाहरुले माग अनुसारको रकम दिन नसक्ने जनाएको कारण आतंककारीहरुले स्थानीय वासिन्दाहरुलाई निर्मम तरीकाले कुटपिट गरेका छन् ।

सोही दिन डोल्पा जिल्लाको रङ्गगाउँ निवासी कर्मराज बुढा र निजकी श्रीमती तथा मुगु जिल्लाको छ्रि्रागाउँस्थित एक बिद्यालयका केही बिद्यार्थीहरुका साथै अछाम जिल्लाको रिडिकोट र सेरा इलाकाबाट ५ जना र्सवसाधारण व्यक्तिहरुलाई आतंककारीहरुले अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

RNA HQ
07 September 2005