2005-09-06 - press release - NA२०६२-०५-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19718 अभिलेखालय सि. नं.: NCA-19718

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, लुटपाट, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिइरहेका छन् ।

हिजो भाद्र २० गते रामेछाप जिल्लाको पोखरीचौर इलाकामा आतंककारीहरुले विछ्याएको विद्युतीय धराप विष्फोटनमा परी घाइते भएका सुरक्षाफौजका एक जवानले उपचारको क्रममा वीरगति प्राप्त गरेका छन् ।

निशस्त्र अवस्थामा आफ्नो ससुरालीतर्फजादैं गरेका प्रहरी जवान कृष्णराम वि.क.लाई हिजो भाद्र २० गते आतंककारीहरुले दाङ्ग जिल्लाको हापुर इलाकाबाट अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

हिजो भाद्र २० गते गुल्मी जिल्लाको देवीस्थानस्थित इश्वरी मा.वि.मा जि.वि.स.को सहयोगमा निर्माण कार्य भईरहेको पर्खाल बनाउन आतंककारीहरुले जवर्जस्ती रोक लगाएका छन् ।

यही भाद्र १९ गते सशस्त्र आतंककारीहरुले महेन्द्र राजमार्ग अन्तरगत पर्ने र्सलाही जिल्लाको सागरनाथचोक इलाकाबाट पूव पश्चिम चल्ने बस, ट्रक, ट्यांकर र मोटरसाइकल लगायतका १४ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई यात्रुहरुबाट बलजफ्ती नगद तथा जिन्सी सामानहरु लुटपाट गरेका छन् ।

यही भाद्र १८ गते बुटवलस्थित लुम्बिनी केबलबाट विजुलीको क्वायल लिई कैलाली जिल्लाको ग्रामिण बिद्युत योजना धनगढीतर्फजांदै गरेको एउटा ट्रकलाई आतंककारीहरुले नियन्त्रणमा लिई उक्त ट्रकमा रहेको विजुलीको तार लुटेका छन् ।

RNA HQ
06 September 2005