2005-09-05 - press release - NA२०६२-०५-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19709 अभिलेखालय सि. नं.: NCA-19709

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, लुटपाट, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिएका छन् ।

आज भाद्र २० गते रामेछाप जिल्लाको पोखरी चौर इलाकामा आतंककारीहरुले विछ्याएको विद्युतिय धराप विष्फोटन हुदां सुरक्षाफौजको एक जवान घाइते भएका छन् । घाइते जवानलाई उपचार्थ छाउनीस्थित विरेन्द्र अस्पतालमा उपचार भै रहेको छ ।

हिजो भाद्र १९ गते आतंककारीहरुले हेटौडाबाट नारायणघाटतर्फगइरहेको बस, ट्रक, ट्यांकर र मोटरसाइकललाई मकवानपुर जिल्लाको ज्यामिरे इलाकामा रहेका १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिई सवारी साधनमा रहेका व्यक्तिहरुबाट नगद ५८ हजार २ सय रुपैंया लुटेका छन् । साथै उक्त सवारी साधनमा यात्रा गरिरहेका ६ जना र्सवसाधारण व्यक्तिहरुलाई आतंककारीहरुले कुटपिट गरी घाइते बनाई दिएका छन् ।

यही मिति २०६२ भाद्र १८ गते नुवाकोट जिल्लाको समुन्द्रटार, राउतबेशीको हुङ्गा, बालकुमारीको धुषेनी र भन्ज्याङ्ग डाँडाको विकाश निर्माणको लागि जि.वि.स.तथा गा.वि.स.बाट निकाशा भएको २ लाख रुपैयाँ लुटी लगेका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुको एक समूहले यही भाद्र १८ गते दार्चुला जिल्लाको रानी शिखर गा.बि.स. निवासी ६३ जना र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
05 September 2005