2005-09-04 - press release - NA२०६२-०५-१९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19700 अभिलेखालय सि. नं.: NCA-19700

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, लुटपाट, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्ने क्रममा आतंककारीहरुले निम्न घटनाहरु घर्टाई आतंककारी कृयाकलापलाई निरन्तरता दिएका छन् ।

बारा जिल्लास्थित मौसम विज्ञान विभाग, निजगढमा चौकीदारको रुपमा काम गर्ने बर्ष ५७ का राजेन्द्र प्रसाद शाह नाम गरेका व्यक्तिलाई आतंककारीहरुले मिति २०६२ भाद्र १७ गते राति १० बजे अपहरण गरी लगे पश्चात हिजो भाद्र १८ गते बिहान साढे ६ बजे कैया खोलाको बगरमा लगी कोदालोको बिँडले हानी विभत्स हत्या गरेका छन् ।

ज्यादति गर्ने क्रममा आतंककारीहरुले हिजो भाद्र १८ गते राति साढे ९ बजे महेन्द्र राजमार्ग अन्तरगत पर्ने र्सलाही-महोत्तरी सडक खण्डको बाँकेखोला इलाकामा रहेको ७ वटा यात्रुबाहक बसलाई रोकी उक्त बसका यात्रुहरुको साथमा रहेको नगद तथा गरगहनाहरु लुटपाट गरेका छन् ।

आतंक मच्चाउने क्रममा आज भाद्र १९ गते बिहान भोजपुर जिल्लाको टक्सार बिमानस्थल नजिकै आतंककारीहरुको एक समूहले बाल्टिन बम बिष्फोट गराएका छन् ।

RNA HQ
04 September 2005