2005-09-03 - press release - NA२०६२-०५-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19695 अभिलेखालय सि. नं.: NCA-19695

शान्ति सेना टोली बुरुण्डी प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा बुरुण्डी (ONUB Mission) मा शान्ति स्थापनार्थ जाने श्री गोरखनाथ गण (शान्ति सेना) तेश्रो डफ्फाको पहिलो टोली हिजो मिति २०६२ भाद्र १७ गते राति त्यर्सतर्फ प्रस्थान गर्‍यो । उक्त टोलीलाई हिजै प्रबन्धरथी उपरथी श्री गोबिन्द बहादुर गुरुङ्गले त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाई गर्नु भएको थियो ।

प्रमुख सेनानी श्री ज्योतिन्द्र बहादुर खत्रीको नेतृत्वमा बुरुण्डी गएको उक्त टोलीमा अधिकृत-१५, पदिक-३९ तथा अन्य दर्जा-१६० गरी जम्मा २१४ जना छन् ।

उक्त विदाइ समारोहमा अन्य रथीवृन्द तथा अधिकृतहरुको साथै शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति थियो ।

RNA HQ
03 September 2005