2005-09-02 - press release - NA२०६२-०५-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19684 अभिलेखालय सि. नं.: NCA-19684

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा मिति २०६२ भाद्र १५ गते बैतडी जिल्लाको सकार इलाकामा आतंककारीहरुले लुकाई राखेको कम्ब्याड ड्रेसहरु, बिद्युतीय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरु, सञ्चार उपकरणहरु, विविध बन्दोवस्तिका सामग्रीहरुका साथै आतंककारी सम्बन्धी दस्तावेजहरु समेत बरामद गरेको छ ।

साथै हिजो भाद्र १६ गते बिरगन्जबाट बिराटनगर तर्फजादै गरेको बसमा लुकाई राखेको ४९.५ के.जी. गाजा तथा ८५० ग्राम चरेश तथा यही भाद्र १५ गते बारा जिल्लाको थेनाली इलाकाबाट भन्सार छली अबैधरुपमा चोरी निकासी गरी लैजादै गरेको २३ बोरा युरिया मल समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
02 September 2005