2005-09-02 - press release - NA२०६२-०५-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19682 अभिलेखालय सि. नं.: NCA-19682

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, लुटपाट, अपहरण लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले हिजो भाद्र १६ गते रौतहट जिल्लाको राजपुर तुलसी इलाका निवासी हाडीसानी ठाकुर नाम गरेका एक र्सवसाधारण व्यक्तिको हत्या गरेका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीहरुले यही भाद्र १५ गते धनकुटा जिल्लाको बारङ्गी इलाकास्थित एक माध्यामिक विद्यालयबाट २१ जना विद्यार्थीहरु तथा यही भाद्र १३ गते रुकुम जिल्लाको पोखरा, प्वाङ्ग, मोरावाङ्ग जाङ्ग, सिम र महत स्कूलमा अध्ययनरत बिद्यार्थीहरुलाई अपहरण गरी अज्ञात स्थलतर्फ लगेका छन् ।

RNA HQ
02 September 2005