2005-09-02 - press release - NA२०६२-०५-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19681 अभिलेखालय सि. नं.: NCA-19681

सुरक्षाफौजको कारवाहीमा एक आतंककारीको मृत्यु

मिति २०६२ भाद्र १६ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा गोरखा जिल्लाको नयाँसाघु इलाकामा सुरक्षाफौजलाई लक्षित गरी सकेट बम प्रहार गर्ने आतंककारीहरु विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट आतंककारी समुहसँग आवद्ध दलित मुक्ति मोर्चाका कथित जिल्ला सचिव सुनिता रम्तेल "रमा" उपनाम गरेकी १ आतंककारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले सकेट बमहरु तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
02 September 2005