Archive ref no: NCA-19671
आतंककारीहरुले गरेका ज्यादतिहरु
निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले आज भाद्र १६ गते झापा जिल्लाको गौरादह इलाकामा प्रेशर कुकर बम बिष्फोट गराउँदा यमुना खतिवडा नाम गरेकी एक स्थानीय बृद्ध महिलाको मृत्यु भएको छ ।
ज्यादती गर्ने क्रममा आतंककारीहरुले हिजो भाद्र १५ गते मोरङ्ग जिल्लाको वारङ्गी इलाकाबाट २० जना स्थानीय र्सवसाधारण व्यक्तिहरु, यही भाद्र १२ गते मुगु जिल्ला पिना इलाकास्थित एक बिद्यालयका दिले नेपाली र पदम शाही नाम गरेका २ जना शिक्षकहरु तथा यही भाद्र ११ गते डोल्पा जिल्लाको लिकु इलाकास्थित एक उच्च मा.वि.बाट ४० जना बिद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् ।
RNA HQ
01 September 2005