2005-08-31 - press release - NA२०६२-०५-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19655 अभिलेखालय सि. नं.: NCA-19655

सम्माननीय उपाध्यक्ष श्री किर्तीनिधि बिष्टबाट अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

श्री ५ महाराजाधिराज सरकारबाट असीम निगाह बक्स भएको आयुक्त पद आज मिति २०६२ भाद्र १५ गते सम्माननीय मन्त्री परिषदका उपाध्यक्ष श्री किर्तीनिधि बिष्टले आज भक्तपुर खरीपाटीस्थित श्री शाही नेपाली सैनिक प्रतिष्ठानमा आयोजित आयुक्त पद प्रदान कवाज समारोहमा सि.सं.४५ का १०६ जना अधिकृत क्याडेटहरुलाई प्रदान गर्नु भयो । उक्त अवसरमा उपाध्यक्ष श्री बिष्टले अधिकृत आधार तालीममा प्रथम हुने प्रतिष्ठान जेष्ठ प्रशिक्षार्थि अधिकृत क्याडेट श्री होमनाथ शर्मालाई गौरवको प्रतिक खुकुरी प्रदान गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापा, जनपद तथा शसस्त्र प्रहरी महानिरिक्षकहरु, रक्षा सचिव, भूतपूव प्रधान सेनापतिहरु, रथीबृन्द, काठमाण्डौंस्थित बिदेशी सैनिक सहचारीहरु, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सेना तथा प्रहरीका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

सम्माननीय मन्त्री परिषदका उपाध्यक्ष श्री किर्तीनिधि बिष्टलाई शाही नेपाली सैनिक प्रतिष्ठान पुग्नु हुँदा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापा र श्री शाही नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत महा सेनानी श्री रमेश पुनले हार्दिक स्वागत गर्नु भएको थियो ।

उक्त समारोहमा उपाध्यक्ष श्री किर्तीनिधि बिष्टलेे सलामी ग्रहण गर्नु भई आयुक्त पद कवाजको निरिक्षण पश्चात नव आयुक्त अधिकृतहरुलाई सम्बोधन गर्नु हुंदै देशलाई आईपरेको यस गंभीर र चुनौतीपूण समयमा आतंकको डढेलो निभाई मातृभूमिमा पुनः शान्ति ल्याउने जिम्मेवारी कुसलता पर्ूवक निर्वाह गर्न नव आयुक्त अधिकृतहरु सफल हुने छन् भन्नु भएको थियो ।

साथै उक्त समारोहमा नव आयुक्त अधिकृतहरुलाई उनिहरुकै आफन्तजनबाट दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो ।

RNA HQ
31 August 2005