2005-08-28 - press release - NA२०६२-०५-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19640 अभिलेखालय सि. नं.: NCA-19640

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका ज्यादतीपूण कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले आज भाद्र १२ गते उदयपुर जिल्लाको कटारीबाट गाईघाटतर्फगईरहेको एउटा यात्रुबाहक बसलाई सिसुवारी चोकमा रोकी आगजनी गरेका छन् । आजै उदयपुरको गाईघाटबाट कांकडभित्तातर्फगईरहेको यात्रुबाहक बसमा यात्रा गरिरहेका एक र्सवसाधारण व्यक्तिलाई समेत आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् ।

RNA HQ
28 August 2005