2005-08-27 - press release - NA२०६२-०५-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19633 अभिलेखालय सि. नं.: NCA-19633

आतंककारीहरुले गरेका ज्यादतिहरु

आतंक मच्चाउने क्रममा आतंककारीहरुले यही भाद्र ९ गते सप्तरी जिल्लास्थित नगरपालिकामा कार्यरत खुशीलाल यादवलाई निजसँग रहेको नगद २० हजार रुपैंया सहित अपहरण गरेका छन् साथै सोही दिन बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्ग इलाका निवासी ने.क.पा.(मसाल) का कार्यकर्ता धनबहादुर खत्रीलाई अपहरण गरी लैजाने क्रममा आतंककारीहरुले निजको दाजुलाई समेत निर्घातकुटपिट गरी सख्त घाइते बनाएका छन् । यसै गरी यही भाद्र ८ गते कञ्चनपुर जिल्लाको दोधारा इलाका निवासी चन्द्रदेव भट्टको परिवारका सबैलाई आतंककारीहरुले घरबाट निकाली दिएका छन् । यही भाद्र ५ गते गुल्मी जिल्लाको मानपोखरी इलाकाबाट एक व्यक्तिलाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् ।

साथै आतंककारीहरुको एक समुहले गत श्रावण २८ गते बाजुरा जिल्लाको बाह्रबीसेस्थित मार्तडी रेडक्रसको त्रिपाल १००, छाता १००, झण्डा १००, स्टे्रचर १६, कम्बल १०० र अन्य सामग्रीहरु लुटपाट गरेका छन् ।

RNA HQ
27 August 2005