2005-08-27 - press release - NA२०६२-०५-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19631 अभिलेखालय सि. नं.: NCA-19631

आतंककारीहरुले बिछ्याएको आई.ई.डि.बिष्फोटनमा परी ६ र्सवसाधारणको मृत्यु: ७ र्घाईते

श्रृखलाबद्ध रुपमा निर्दोष एवं निहत्था र्सवसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका बमहरु बिष्फोट गर्राई अनाहकमा हत्या गरी आफ्नो दानवीय चरित्र प्रस्तुत गर्दै आएका आतंककारीहरुले आज पुन: ६ जना निर्दोष र्सवसाधारणहरुको ज्यान लिएका छन् जस अनुसार आज मिति २०६२ भाद्र ११ गते बिहान कपिलबस्तु जिल्लाको शिवपुर गा.वि.स.को बनकासा सडक खण्डमा काठमाण्डौंबाट दार्ङ्गतर्फ गइरहेको एउटा यात्रुबाहक बसलाई लक्षित गरी आतंककारीहरुले आई.ई.डि.बिष्फोट गराउँदा बसमा यात्रा गरिरहेका ५ जना निर्दोष नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनामा परी सो बसमा यात्रा गरिरहेका ७ जना व्यक्तिहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई शाही नेपाली सेनाको हवाइजहाजद्वारा उद्धार गरी काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइ उपचार शुरु गरिएको छ ।

RNA HQ
27 August 2005