2005-08-26 - press release - NA२०६२-०५-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19626 अभिलेखालय सि. नं.: NCA-19626

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदशन गर्दै आएका आतंककारीहरुले यही भाद्र ८ गते सप्तरी जिल्लाको जगतपुर इलाका निवासी शम्भु चौधरीलाई घाँटी रेटी विभत्स हत्या गरेका छन् ।

हिजो भाद्र ९ गते नुवाकोट जिल्लाको बुङ्गतुङ्ग गा.वि.स. निवासी वेती बहादुर तामाङ्गको परिवारलाई आतंककारी समुहले विभिन्न डर, त्रास देखाई घरबाट निकाली दिएका छन् । सोही दिन सिरहा जिल्लाको उपसभापति रामजतन यादवको घरमा आई पेस्तोल देखाई जवर्जस्ती १० हजार भारतीय रुपैयाँका साथै गरगहना तथा यही भाद्र ७ गते दिपायलको पिपल्ला बजार इलाकास्थित एक व्यापारीबाट १० लाख बराबरको सामान लुटपाट गरेका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुले यहि भाद्र ५ गते सप्तरी जिल्लाको ओद्रहा इलाका निवासी राधेश्याम गुप्ता नाम गरेका स्थानीय व्यक्तिलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन् ।

RNA HQ
26 August 2005