Archive ref no: NCA-19625
कपिलबस्तु जिल्लाको खैरेनपुरमा दोहोरो भिडन्त
कपिलबस्तु जिल्लाको खैरेनपुर सडक खण्डमा आतंककारीहरुले र्सवसाधारणको आवागमनमा प्रत्यक्ष असर पार्ने किसिमले राखेको अवरोधहरु हटाउने क्रममा आज मिति २०६२ भाद्र १० गते उक्त इलाकामा लुकेर बसेका आतंककारी जत्थाले IED (Improvised Explosive Device) बिष्फोटन गराए पछि दोहोरो भिडन्त भएको छ । उक्त घटनामा सुरक्षाफौजको कारवाहीबाट आतंककारीहर्रुतर्फ ठुलो संख्यामा हताहत भएको बुझिएको छ, साथै उक्त घटनाको सम्बन्धमा विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ । सो घटनामा परी सुरक्षाफौजका ५ जवानहरुले वीरगति प्राप्त गरेका छन् ।
कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर सैनिकहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैयधारण गर्ने शक्ति प्रदान गरुन् भनी शाही नेपाली सेना श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।
RNA HQ
26 August 2005