2005-08-24 - press release - NA२०६२-०५-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19615 अभिलेखालय सि. नं.: NCA-19615

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका कुकृत्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले आज मिति २०६२ भाद्र ८ गते बाँके जिल्लास्थित अनुगमन समितिका अध्यक्ष अजयराज सिंहलाई गोली प्रहार गरी निर्मम हत्या गरेका छन् ।

यसै गरी यही भाद्र ६ गते सिन्धुपाल्चोक जिल्लाको बाहुनपादी इलाकास्थित मेलम्ची खानेपानी आयोजनाबाट आतंककारीहरुको एक समुहले भिस्याट टेलिफोनको ट्रान्स रिसिभर तथा फ्याक्स मेशिन लुटेर लगेका छन् ।

आतंक मच्चाउने क्रममा मिति २०६२ भाद्र ५ गते आतंककारीहरुले मुगु जिल्लाको पिना तथा रारा इलाकाका केही स्थानीय र्सवसाधारण व्यक्तिहरुलाई अपरहण गरी सोही जिल्लाको खत्याड इलाकातर्फ लगेको भन्ने बुझिएको छ ।

साथै निर्दोष तथा निहत्था व्यक्तिहरुलाई अपहरण गरी मानवअधिकारको उल्लंघन गर्ने क्रममा आतंककारीहरुले गत श्रावण २८ गते दैलेख जिल्लाको सल्लेरी इलाका निवासी जयवीर नाम्जाली मगर, बलबहादुर नाम्जाली मगर, नन्दबहादुर बुचामगर, कृष्ण बहादुर सिजाली, नरबहादुर सुनार, पदमबहादुर रेग्मी, नरबहादुर रेग्मी र सोही इलाकाबाट गत श्रावण २९ गते बलबहादुर रेग्मी, वीर बहादुर चन्द तथा नरबहादुर सिंहका साथै यहि भाद्र १ गते तुलसी सिंह र नेप्टी बस्नेत नाम गरेका व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन् ।

RNA HQ
24 August 2005