2005-08-23 - press release - NHRC२०६२-०५-०७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19609 अभिलेखालय सि. नं.: NCA-19609

मिति: 2005-08-23
अनुगमन समिति चयन, भदौ ७, २०६२

राष्ट्रिय मानव अधिकार आयोग

प्रेस विज्ञप्ति

ललितपुर, भदौ ७, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारीहरूले आयोगको रणनीतिक योजना -२००४- २००८) अनुसार मानव अधिकार संरक्षण र पर््रवर्द्धनमा आयोगका सदस्यहरू तथा सम्पर्ूण्ा कर्मचारीहरूलाई मार्गदर्शन गर्न आधारभूत मान्यता अनुगमन समिति चयन गरेका छन।

आयोगको रणनीतिक योजनाले तोकेको समानता, निष्पक्षता, पहुँच, जवाफदेहिता, पारदर्शिता तथा स्वतन्त्रता र स्वायत्तता गरी ६ वटा आधारभूत मान्यताहरूलाई अनुगमन गर्न समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम कर्मचारीहरूले सो समितिका सदस्यहरू चयन गरेका हुन।

सो समिति चयनका लागि यही भदौ २ गते सम्पन्न निर्वाचन परिणाम आजै घोषणा गरिएको हो। सो निर्वाचन परिणाम अनुसार आधारभूत मान्यता अनुगनम समितिका चार सदस्यहरूमा महिलातर्फाट राधा दाहाल, जनजाति तर्फाट रामबहादुर प्रजा, दलित तर्फाट खडगबहादुर परियार र अन्यबाट माधवप्रसाद गौतम निर्वाचित हुनुभएको छ। यसमध्ये दलित उम्मेदवार खडगबहादुर परियार निर्विरोध निर्वाचित हुनुभएको हो। समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम मतदाता नामावली मध्येबाट महिला-१, दलित-१, जनजाति-१ र अन्य-१ समेत ४ जना सदस्यहरु चयन गरिएको हो।

आयोगले सो प्रयोजनका निम्ति यही भदौ २ गते हरिहरभवनस्थित केन्द्रीय कार्यालय र नेपालगञ्ज, विराटनगर तथा पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा एकै समयमा मतदान गर्ने व्यवस्था मिलाएको थियो। सम्पर्ूण्ा क्षेत्रीय कार्यालयबाट मतपेटिका प्राप्त भएपछि आजै मतगणना सम्पन्न गरी निर्वाचन परिणाम घोषणा गरिएको हो।

यस अघि नै आयोगका सदस्य डा. रामदयाल राकेशलाई गत असार २१ गतेको आयोगको निर्ण्र्ााअनुसार सो अनुगमन समितिको संयोजकको जिम्मेवारी दिई निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी समेत तोकिएको थियो। उक्त निर्वाचन सम्पन्न गर्नका आयोगको क्षमता विकास परियोजनामा कार्यरत कर्मचारी खुशीप्रसाद थारू, सुलभ रेग्मी र प्रमिला न्यौपानेलाई जिम्मेवारी तोकिएको थियो।

विमलबाबु खत्री

सञ्चार अधिकृत