2005-08-23 - press release - INSEC२०६२-०५-०७ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19598 अभिलेखालय सि. नं.: NCA-19598

प्रेस विज्ञप्ति

०६२ भदौ ७ गते

प्रेस विज्ञप्ति

सप्तरी जिल्लाको जगतपुर गाविसका तीनजना दलित महिलाहरुलाई ०६२ भदौ २ गते माओवादी कार्यकर्ताहरुले बलात्कार गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। मानवताविरुद्धको यस्तो आपराधिक कृत्यको हामी घोर भर्त्सना गर्दछौं।

माओवादी धम्कीका कारण आफूहरुमाथि गरिएको अत्याचारको खुलासासमेत गर्न नसकी सिंगो समाज मुक दर्शकको रुपमा बस्न वाध्य भएका पीडितपक्षप्रति समवेदना प्रकट गर्दछौं। घटना सार्वजनिक भएपछि स्थानीय माओवादी नेतृत्वले बलात्कारीलाई माफी माग्न लगाई छुटकारा दिएको पनि सार्वजनिक भएको छ।

यस घटनालाई माओवादी नेतृत्वले अत्यन्त गम्भीरताका साथ छानबिन गरी दोषीहरुउपर पार्टी कारवाही गर्न आहृवान गर्दछौं। घटनाका दोषीहरुलाई कानुनी कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष