2005-08-23 - press release - CPN-M२०६२-०५-०७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20907 अभिलेखालय सि. नं.: NCA-20907

पश्चिम डिभिजनद्वारा युद्धबन्दीका नाम सार्वजनिक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन

प्रेस वक्तव्य

“हामीले आम जनसमुदाय, मानवधिकारवादी, प्रेस जगतलाई ऐतिहासिक पिली फौजी कार्वाहीको क्रममा कब्जा गरिएका दुश्मन शाही सेनालाई जेनेभा महासन्धी अनुसार युद्धबन्दीको हैसियतमा राखिएको जानकारी गराउँदै आएका छौं । यसपटक हाम्रो कब्जामा रहेका ६० जना युद्धबन्दीको नामावली र घर–ठेगना समेत सार्वजनिक गरेका छौं । यस सन्दर्भमा युद्धबन्दीहरुको आफ्नो परिवारलाई भेट्न इच्छा रहेकोले तिनका परिवारका सदस्यलाई हाम्रो पार्टी सूत्रमार्फत भेट्न आउन स्वीकृति प्रदान गर्दछौं । पिली कार्वाहीको यथार्थता जनसमक्ष ल्याउने पत्रकार एवम् मानवअधिकारवादीलाई धन्यवाद ज्ञापन गर्दै वहाँहरुलाई पश्चिमी कमाण्ड तथा पश्चिम डिभिजनको सूत्रमार्फत युद्धबन्दीहरुलाई भेट्न अपील गर्दछौं ।

यस सन्दभमा हामी यो पनि जानकारी गराउन चाहन्छौं कि शाही जल्लादहरुको फोहोरी ग्याङले कालीकोट र दैलेखमा गैरसैनिक नागरिकहरुलाई गोली चलाउने दमन, हत्या तथा बलात्कार गर्ने अभियान चलाएको छ । यसको ज्वलन्त उदाहरण यही भाद्र ३ गते दैलेखको सल्लेरी गाजसको देउलीमा ११ वर्षको वालक र २८ वर्षको गोठालाको हत्या गरिएको छ । त्यसको अघिलो दिन सोही ठाउँमा पश्चिम डिभिजनको दोस्रो विग्रेडको एउटा टुकडीले तथाकथित शाही रेञ्जर फोर्सको सर्च अभियानलाई क्षतविक्षत गरी निश्तेज पारिदिएको थियो । उक्त युद्धमा दुश्मनतर्फ सात जनाको मृत्यु भएको छ भने जनसेनातर्फ आठ योद्धाहरुको शहादत भएको छ र दुश्मन क्याम्पमा फर्कन बाध्य भएको छ । जनताको हत्या र दमनमा उत्रने शाही फासीवादी सेनालाई जनमुक्ति सेनाले निरन्तर आक्रमणद्वारा विनष्ट गर्दै अघि बढ्ने कुरा पनि स्पष्ट गर्न चाहन्छौं ।

२०६२ साउन २३ गते कालीकोट पिली कार्वाहीबाट गिरफ्तार भएका सेनाहरुको नाम, ठेगाना –

जीवन तामा (नुवाकोट), श्याम राई (उदयपुर), तुलराज अर्याल (भक्तपुर) सुमन तामाङ (ललितपुर), सुबुनारायण श्रेष्ठ (काठमाडौं), सुरेन्द्र जौगोरे (भक्तपुर), सन्तबहादुर तामाङ (सिन्धुपाल्चोक), गुणराज रिमाल (नुवाकोट), केशर थापामगर (नुवाकोट), लक्ष्मीकृष्ण देसार (ललितपुर), राम लामा(काभ्रे) लालकृष्ण नगरकोट (काठमाडौं), जीतबहादुर खत्री (सुर्खेत), टेकबहादुर तामाङ (काभ्रे), बुद्धिबहादुर तामाङ (नुवाकोट), लक्ष्मण तामाङ (सिन्धुपाल्चोक), ठाकुर सिजाकुटी (लमजुङ), धर्मबहादुर तामाङ (नुवाकोट), जीतबहादुर मोक्तान (ओखलढुंगा), रामबाबु आलेमगर (ओखलढुंगा) कामीसिंह तामाङ (सिन्धुपाल्चोक), शिवहरि कार्की (दोलखा), खड्ग तामाङ (दोलखा), वीरबहादुर तामाङ (भक्तपुर) हेमराज भण्डारी (बर्दिया), अमर लामा (रामेछाप), सूर्यबहादुर श्रेष्ठ (काठमाडौं), दिलबहादुर खत्री सुर्खेत), कृष्णबहादुर तामाङ (नुवाकोट), प्रदिप कार्की (भक्तपुर) सिंहबहादुर कार्की (ओखलढुंगा), रामबहादुर श्रेष्ठ (मकानपुर), तीर्थ धिताल (गोरखा) वाघसिंह तामाङ (ललितपुर) इन्द्रकुमार श्रेष्ठ (खोटाङ), कुमार थापा (स्याङजा), झिल्के तामाङ (ललितपुर), विशाल लामा (सिन्धुपाल्चोक), जीवन तामाङ (काठमाडौं), वाघसिंह तामाङ (नुवाकोट), बुद्धनारायण सिंह (काठमाडौं), टंकबहादुर आलेमगर (दोलखा), शिव कार्की (धार्दिङ), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), काजी अधिकारी (रामेछापं), कैलाश डांगी (दाङ), सरोज रानाभाट (तनहुँ), हरिराम चौगठी (भक्तपुर), जीतबहादुर तामाङ (नुवाकोट), श्याम तामाङ (भक्तपुर), अनिल कुँवर (धादिङ), अमर बहादुर कुँवर (कास्की), प्रेमबहादुर तामाङ (नुवाकोट), ज्ञानबहादुर तामाङ (नुवाकोट), रामबहादुर तामाङ (सिन्धुपाल्चोक), कृष्णबहादुर तामाङ (नुवाकोट), सूर्य बहादुर धमला (धादिङ), केशव फुँयाल (दोलखा) निग्मबहादुर चौधरी (दाङ), नेत्रबहादुर घर्ती मगर (स्याङजा) ।

मिति– ०६२ भाद्र ७ गते

सुदर्शन
प्रवक्ता
पश्चिम डिभिजन
जनमुक्ति सेना, नेपाल
ने.क.पा.(माओवादी)