2005-08-21 - press release - NHRC२०६२-०५-०५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19593 अभिलेखालय सि. नं.: NCA-19593

मिति: 2005-08-21
आयोगका अध्यक्ष सहितको टोली मङ्गोलिया प्रस्थान, २०६२ भाद्र ५

राष्ट्रिय मानव अधिकार आयोग

प्रेस विज्ञप्ति

आयोगका अध्यक्ष सहितको टोली मङ्गोलिया प्रस्थान

ललितपुर, भदौ ५, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष सम्माननीय नयनबहादुर खत्रीको नेत्तृत्वमा आयोगका सदस्य सुदिप पाठक र का.मु. सचिव केदारप्रसाद पौड्याल सम्मिलित टोली यही भदौ ८ गतेदेखि मङ्गोलियामा हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय मानव अधिकार आयोगको १० औं बैठकमा भाग लिन आज त्यसतर्फप्रस्थान गरेको छ।

तीन दिने सो बैठकमा एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय मानव अधिकार आयोगहरूको साझा हितका विषयमा छलफल गर्ने कार्यक्रम छ। बैठकमा आयोग टोलीले सन् २००४ को नोभेम्बरमा कोरियामा सम्पन्न नवौं बैठकपछिका अवधिमा आयोगले नेपालमा मानव अधिकार संरक्षण र सर्म्बर्द्धनका क्षेत्रमा गरेका कार्यहरूबारे जानकारी दिनेछ।

यसैगरी आयोगको सोही टोलीले चीनको राजधानी बेइजीङ्गमा सञ्चालन हुने एशिया प्रशान्त क्षेत्रमा मानव अधिकार पर््रबर्द्धन र संरक्षणका लागि क्षेत्रीय समन्वयसम्बन्धी तेह्रौं कार्यशालामा पर्यवेक्षकको रूपमा भाग लिनेछ। यही भदौ १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने सो कार्यशालामा आयोगले मुलुकमा मानव अधिकार संरक्षण र पर््रबर्द्धनका क्षेत्रमा गरिरहेका कार्यहरूबारे जानकारी दिने कार्यक्रम रहेको छ।

विमलबाबु खत्री

सञ्चार अधिकृत