2005-08-21 - press release - NA२०६२-०५-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19592 अभिलेखालय सि. नं.: NCA-19592

बरामद

मिति २०६२ भाद्र ३ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा कन्चनपुर जिल्लाको किचाइ इलाकामा आतंककारीहरुले लुकाएर राखेको क्यानभस जुत्ता जोर-१६, कपडा ६० मिटर, तयारी कपडा १ बोरा, कम्ब्याट ड्रेसहरु, विभिन्न हतियारका पार्टपुजाहरु, बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु, साइकल गोटा-३, क्यामेरा, रेडियो एवं आतंककारी दस्तावेजहरु तथा गोरखा जिल्लाको चोरकाटे इलाकाबाट डेटोनेटर गोटा-२०, सुतली बमहरुका साथै आतंककारी सम्बन्धी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
21 August 2005