2005-08-21 - press release - NA२०६२-०५-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19591 अभिलेखालय सि. नं.: NCA-19591

आतंककारीहरुले गरेका ज्यादतिहरु

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिँसा, अपहरण, लुटपाट लगायतका मानवता विरोधी कुकार्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही भाद्र २ गते कैलाली जिल्लाको शिवरतनपुर इलाका निवासी खुन्ठु चौधरीसँग बलजफ्ती २ लाख रुपैयाँ माग गरेकोमा निज चौधरीले उक्त रकम दिन नसक्ने जनाएपछि आतंककारीहरुले निज खुन्ठु चौधरी र निजका छोरा गणेश चौधरीलाई गोली हानी निर्ममतापूवक हत्या गरेका छन् ।

यसै गरी आतंककारीहरुको ज्यादतीपूण घृणित कुकृत्यहरुप्रति आफ्नो असहमती जनाएको कारण रामेछाप जिल्लाको नागदह गा.बि.स. निवासी इमान सिंह तामाङ्ग नाम गरेका एक र्सवसाधारण व्यक्तिलाई आतंककारीहरुको एक समूहले अपहरण पश्चात यहि भाद्र १ गते कठजोर गा.बि.स.को पात्ले इलाकामा लगी रुखमा बाँधेर ढुङ्गा प्रहार गरी अत्यन्त अमानवीय तरीकाले विभत्स हत्या गरेर आफ्नो दानवीय चरित्र प्रस्तुत गरेका छन् ।

साथै शंकाष्पद आतंककारीहरुले आज भाद्र ५ गते काठमाण्डा्रैस्थित घण्टाघर नजिक रहेको प्रभु मनि ट्रान्सफरबाट २४ लाख ४८ हजार ५० रुपैया लुटेर लगेका छन् ।

RNA HQ
21 August 2005