2005-08-21 - press release - NA२०६२-०५-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19589 अभिलेखालय सि. नं.: NCA-19589

निर्देशन विपरीतको कार्य गर्ने २ सैनिक अधिकृतलाई कारवाही

मिति २०६२ जेष्ठ २७ गते काभ्रेपलाञ्चोक जिल्लाको खार्पाचोक इलाकामा यात्रुवाहक सवारी साधनमा फौजलाई चर्ढाई सैनिक कारवाहीको संवेदनशिलताको मूल्याङ्कन नगरी गैर जिम्मेवारी तवरले शाही नेपाली सेनाको नीति निर्देशन विपरीत हुने कार्य गरी आतंककारीहरुको फायर एम्बुशमा परेको तथा र्सवसाधारण व्यक्तिहरु समेत मृत्यु तथा घाइते भएको घटना सम्बन्धी अभियोगमा गठित समरी जनरल सैनिक अदालतले सैनिक ऐन, २०१६ बमोजिम सो घटनामा दोषी पाइएका कमाण्डरलाई हाल कायम रहेको सह-सेनानी (Captain) दर्जाबाट एक तह घटुवा गरी उप-सेनानी (Lieutenant) दर्जामा तथा उक्त घटनामा दोषी पाइएका सहायक कमाण्डर उप-सेनानीलाई १ (एक) बर्षबढुवा रोक्का गर्ने फैसला गरेको छ ।

RNA HQ
21 August 2005