2005-08-21 - press release - INSEC२०६२-०५-०५ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19585 अभिलेखालय सि. नं.: NCA-19585

प्रेस विज्ञप्ति

०६२ भदौ ५ गते

प्रेस विज्ञप्ति

कालिकोट जिल्लाको पिलीमा ०६२ साउन २३ गते भएको घटनापछि नेकपा (माओवादी)द्वारा अपहरित साठी जना सैनिकको अवस्थाप्रति हाम्रो ध्यान पुनः आकषिर्त भएको छ।

गत १४ दिनदेखि आफ्ना परिवार र आफन्तहरूको सम्पर्कमा समेत आउन नपाएका ती सैनिकहरूको अज्ञात अवस्थाप्रति हामी अत्यन्त चिन्तित छौं। अतः हामी अन्तराष्ट्रिय मानवीय कानुन र मानवअधिकारको पालना गर्ने आफ्नो प्रतिबद्धता व्यवहारमा उतार्न, कब्जामा लिइएका सैनिकहरूलाई मानवोचित व्यवहार गर्न र उनीहरूलाई यथाशीघ्र सकुशल, निशर्त मुक्त गर्न नेकपा (माओवादी)लाई आहृवान गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष