2005-08-19 - press release - NA२०६२-०५-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19567 अभिलेखालय सि. नं.: NCA-19567

कालीकोटको पिली इलाकाबाट थप १६ आतंककारीको लाश बरामद

मिति २०६२ श्रावण २३ गते कालिकोट जिल्लाको पिलीस्थित अस्थायी सुरक्षा बेशमा सडक निर्माण कार्यको लागि तैनाथ सुरक्षाफौज तथा सशस्त्र आतंककारीहरु बीच भएको दोहोरो भिडन्तमा परी सुरक्षाफौजको कारवाहीबाट मृत्यु भएका मध्ये थप १६ आतंककारीहरुको लाश यही भाद्र १ गते घटनास्थल वरपर गाडिएको अवस्थामा सुरक्षाफौजले बरामद गरेको छ । सुरक्षाफौजले हालसम्म उक्त इलाकाबाट २७ जना आतंककारीहरुको लाश बरामद गरी सकेको छ । स्मरण रहोस स्थानीय बासिन्दा तथा उक्त घटनामा संलग्न सुरक्षाफौजका जवानहरुका अनुसार उक्त भिडन्तमा ठुलो संख्यामा आतंककारीहरु हताहत भएको बुझिन आएको छ ।

RNA HQ
19 August 2005