2005-08-19 - press release - NA२०६२-०५-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19566 अभिलेखालय सि. नं.: NCA-19566

दैलेखको देउली इलाकामा दोहोरो भिडन्त ६ आतंककारीको मृत्यु

मिति २०६२ श्रावण २३ गते कालिकोट जिल्लाको पिलीस्थित अस्थायी सुरक्षा बेशमा आक्रमण गरी भागेका आतंककारीहरुलाई खोजतलास गर्ने गर्ने क्रममा हिजो भाद्र २ गते दैलेख जिल्लाको देउली इलाकामा आतंककारी तथा सुरक्षाफौज बीच भिडन्त हुँदा सुरक्षाफौजको कारवाहीबाट ६ जना आतंककारीहरुको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले इन्सास राइफल, सो को थुप्रै मेग्जिनहरु, विभिन्न हतियारका पार्टपुजाहरु, ठुलो संख्यामा एल.एम.जी.हतियारको गोली सहितको मेग्जिनहरु, एस.एल.आर.राइफलको मेग्जिनहरु, गृनेडहरु, ठुलो संख्यामा गोलीहरु, डेटोनेटरहरु, कर्डलेस फोन तथा विविध वन्दोवस्तिका सामानहरु बरामद गरेको छ ।

RNA HQ
19 August 2005