2005-08-17 - press release - NA२०६२-०५-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19546 अभिलेखालय सि. नं.: NCA-19546

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि हत्या, हिंसा, अपहरण, लुटपाट जस्ता घृणित कुकार्यहरु प्रदर्शन गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले हिजो श्रावण ३२ गते धादिङ्ग जिल्लाको त्रिपुरेश्वर इलाकास्थित खहरे खोलाको पुलमा बम विष्फोट गर्राई स्थानीय एक व्यापारीलाई घाइते बनाएका छन् । यसै गरी मिति २०६२ श्रावण ३१ गते आतंककारीको एक समुहले बैतडी जिल्लाको त्रिपुरासुन्दरी इलाकास्थित मोहनी थापाको घरमा बम बिष्फोटन गर्राई निजको घर पूण रुपले ध्वस्त पारेका छन् । उक्त बम बिष्फोटनमा परी सो घरमा रहेका ३ जना व्यक्तिहरु समेत घाइते भएका छन् ।

साथै मानवता विरोधी कार्यतर्फउन्मुख आतंककारीहरुको एक समुहले मिति २०६२ श्रावण ३१ गते रुकुम जिल्लाको साँख इलाका निवासी कमला वि.क. र कुस्मा बिष्ट नाम गरेका महिलाहरुलाई निर्घातकुटपिट गरेका छन् ।

यसै गरी विकास विरोधी एवं भौतिक संरचनाहरु माथी कायरतापूवक आक्रमण गर्ने आतंककारी जत्थाले रुकुम जिल्लाको सानो पिप्ले इलाकामा सडक निर्माण कार्यका लागि खट्टएिका दिल बहादुर बुढाथोकी, राम बहादुर चन्द र नाम नखुलेका १ जना र्सवसाधारण व्यक्तिहरुलाई गत श्रावण ३१ गते निर्माणस्थलबाटै अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन् ।

RNA HQ
17 August 2005