2005-08-16 - press release - NA२०६२-०४-३२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19542 अभिलेखालय सि. नं.: NCA-19542

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा हिजो श्रावण ३१ गते गोरखा जिल्लाको अजिरकोट इलाकामा आतंककारीहरुले लुकाई राखेको ७ के.जि.को IED (Improvised Explosive Device) तथा बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु, यहि श्रावण ३० गते गुल्मी जिल्लाको अर्जे इलाकाबाट विभिन्न हतियारका पार्टपुजाहरु, बम बनाउन प्रयोग हुने साधनहरु, विविध बन्दोवस्तीका सामानहरु तथा बर्दिया जिल्लाको दानवताल इलाकाबाट आतंककारीहरुले प्रयोग गर्ने गरेको साइकल, बन्दोवस्तीका सामानहरुका साथै आतंककारी दस्तावेजहरु समेत बरामद गरिएको छ ।

RNA HQ
16 August 2005