2005-08-11 - press release - NA२०६२-०४-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19506 अभिलेखालय सि. नं.: NCA-19506

श्री सम्माननीय प्रधान सेनापतिबाट कालीकोटको पिली इलाकाको भ्रमण

सम्माननीय प्रधान सेनापति महारथी श्री प्यारजंग थापा आज मिति २०६२ श्रावण २७ गते आतंककारीहरुले आक्रमणको दुस्साहश गरेको कालीकोट जिल्लाको पिली सडक निर्माण वेशको निरीक्षण भ्रमण गर्नु भयो । सो अवसरमा श्री सम्माननीय प्रधान सेनापति ज्यूले उक्त स्थानमा तैनाथ सुरक्षा फौजका लडाकु तथा गैर लडाकु जवानहरुलाई सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनको विवरण निम्न अनुसार रहेको थियो ।

र्सवप्रथम मिति २०६२ श्रावण २३ गते राति आतंककारीको ठूलो जत्थाले यस पिली सुरक्षा वेशमा गरेको कायरतापूण आक्रमणको प्रतिकार गर्ने सिलसिलामा बहादुरी प्रदर्शन गर्दै वीरगति प्राप्त गर्ने वीर योद्धाहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै मेरो व्यक्तिगत तथा शाही नेपाली सेनाका सकल दर्जाका तर्फबाट भावपूण श्रद्धाञ्जली अर्पण गर्दछु । यस क्रममा घाइते भएका जवानहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै दृढ संकल्पित रही बहादुरीपूवक यो चुनौतीको सामना गरी अगाडी बढ्ने प्रयत्न गर्ने गणपति लगायत सम्पूण् अधिकृत, पदिक तथा अन्य दर्जाका जवानहरुलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

माओवादी आतंककारीहरुले पिली स्थित सुर्खेत-जुम्ला बाटो निर्माण शिविर माथि आक्रमण गरेर जनता विरोधी, विकास विरोधी र मानव सभ्यता विरोधी भएको परिचय दिएर नेपाली समाजको सबैभन्दा ठूलो शत्रुको रुपमा पुनः एकपटक आफूलाई उभ्याएका छन् ।

शाही नेपाली सेनाका वहादुर सैनिकहरु, जसले सडक सुविधाको आशामा बर्षौदेखि अल्झेका कर्णालीवासीको चाहनालाई पूरा गर्न यस विकट स्थानमा आएर वहादुरीपर्ूवक, लगनशील र प्रतिवद्ध भई खट्टएिका थिए । माओवादी आतंककारीहरुले क्रुरतापूवक विकास निर्माणमा संलग्नहरुमाथिको हमलाले उनीहरुको कायरतालाई समेत प्रतिविम्वित गर्दछ । तर श्री ५ महाराजाधिराज सरकारको सदिच्छा तथा कर्णालीवासी लगायत सम्पूण नेपाली जनताको आवश्यकता र चाहनालाई पुरा गर्न शाही नेपाली सेना जुनसुकै त्याग गर्न पनि तयार छ र आतंककारीहरुको जस्तो सुकै चुनौतीको पनि सामना गर्दै कर्णाली राजर्माको निर्माण कार्यलाई पुरा गरेर नै छाड्ने प्रण गराँ ।

लडाइमा हुने यस प्रकारका प्रतिकुलताको सामना गरेर पनि अन्त्यमा नेपाली जनताको चाहना बमोजिम देशमा दीगो शान्ति स्थापना गर्न सम्पूण सुरक्षाकर्मीहरु प्रतिबद्ध छन् । माओवादी आतंक जसले नेपाल र नेपालीको अस्तित्वलाई नै समाप्त पार्न खोजिरहेको छ, त्यसको डटेर सामना गर्न हामी अडिग छाँै । यस घटनामा संलग्न ती कायर माओवादीहरुलाई हामीले जुनसुकै हालतमा पनि कारवाही गरेर नै छाड्ने छाँै ।

हामी सबैले परमाधिपति अतिरथी परमसेनाधिपति श्री ५ महाराजाधिराज सरकारको वरद छत्रछायाँमा प्रतिपालित शाही नेपाली सेनाको गौरवमय परम्परालाई कायम राख्दै राजा, जनता र राष्ट्रप्रतिको वफादारीलाई पालना गर्नु पर्नेछ । समयको माग एवं जनताको चाहना अनुरुप राष्ट्र एवं राष्ट्रियताको जगेना गर्दै नेपाली जनताको बृहत्तर हितका लागि श्री ५ महाराजाधिराज सरकारबाट वि.सं.२०६१ माघ १९ गते चालिबक्सेको ऐतिहासिक कदमले राष्ट्रको सबै क्षेत्रमा आशाको किरण छाएको छ । यस्तो परिस्थितिमा हामी सुरक्षाफौजले आफ्नो कर्तव्यप्रति अझ बढी सचेत एवं र्सतर्क रही जनताहरुसँग नम्र व्यवहार गर्नुको साथै उनीहरुमा हाम्रो शिष्टता एवं उच्च अनुशासनको प्रदर्शन गरी जनताको मन, मश्तिष्क जित्नु पर्नेछ ।

RNA HQ
11 August 2005