2005-08-10 - press release - NHRC२०६२-०४-२६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19497 अभिलेखालय सि. नं.: NCA-19497

मिति: 2005-08-10
माओवादीद्वारा शाही नेपाली सेनाको आधार शिविरमा आक्रमण, साउन २६, २०६२

राष्ट्रिय मानव अधिकार आयोग

प्रेस विज्ञप्ति

ललितपुर, साउन २६, २०६२ - यही साउन २३ गते आइतबार कालीकोटको पिलीमा ने.क.पा.- माओवादी)द्वारा शाही नेपाली सेनाको आधार शिविरमा भएको आक्रमणको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले आजदेखि प्रारम्भिक छानविन शुरू गरेको छ।

यसक्रममा आयोगका अधिकृत कर्मचारीहरू संलग्न एक टोलीले आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा गई सो घटनामा मारिएका सैनिकहरूको लासको प्रकृति अवलोकन गरी आवश्यक सूचना सङ्कलन गर्‍यो। सो घटनाका विषयमा शाही नेपाली सेनाको मानव अधिकार सेलबाट प्रँप्त जानकारीका आधारमा आायोगले अनुसन्धान थालेको हो।

उक्त घटनामा ने.क.पा.- माओवादी) द्वारा कब्जामा लिइएका सैनिकहरू अझै पनि उनीहरूकै कब्जामा रहेको भन्ने जानकारी आयोगमा प्राप्त भएकाले कब्जामा लिएका सैनिकहरूलाई जेनेभा महासन्धिको साझा धारा ३ अनुरूप मानवोचित व्यवहार गर्न र विना शर्त सकुसल मुक्त गर्न आयोग ने.क.पा. (माओवादी)लाई आव्हान गर्दछ।

केदारप्रसाद पौड्याल

का.मु. सचिव एवं प्रवक्ता