2005-08-08 - press release - NHRC२०६२-०४-२४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19474 अभिलेखालय सि. नं.: NCA-19474

मिति: 2005-08-08
आयोग टोली पूर्वाञ्चल प्रस्थान, २०६२।४।२४

राष्ट्रिय मानव अधिकार आयोग

प्रेस विज्ञप्ति

आयोग टोली पर्ूवाञ्चल प्रस्थान गर्ने

ललितपुर, साउन २४, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक सहित नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, प्याब्सन र मानव अधिकारकर्मी सम्मिलित एक टोली पर्ूवाञ्चल क्षेत्रको मानव अधिकार स्थिति अनुगमनका लागि भोलि त्यसतर्फप्रस्थान गर्दैछ।

मेची अञ्चलका पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजङ्ग जोड्ने मेची राजमार्ग अवरूद्ध भएपछि त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको भन्ने जानकारीका आधारमा सो टोली पर्ूवाञ्चलको इलाम, पाँचथर ताप्लेजुङ्ग जिल्लाहरूको अनुगमनका लागि त्यसतर्फप्रस्थान गर्न लागेको हो।

सो अनुगमन टोलीले विगत तीन सातादेखि मेची राजमार्गमा अवरूद्ध यातायात र त्यसबाट जनजीवनमा परेको प्रभाव, तीन महिनादेखि अवरूद्ध इलामका निजी विद्यालयहरूको समस्या, समुदायलाई हस्तान्तरण गरेका विद्यालय बन्द गर्न दिइएको चेतावनी, चिया बगान बन्द हुँदा उत्पन्न समस्यालगायत मानव अधिकारसम्बन्धी अन्य समसामयिक परिस्थितिको अनुगमन गर्नेछ।

उक्त टोलीमा नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठृुरी, नेपाल बार एशोसिएसनका उपाध्यक्ष शेरबहादुर के.सी, मानव अधिकार तथा प्रजातान्त्रिक अध्ययन केन्द्र -सेहर्ुर्डर्ेे का सचिव प्रदीप घिमिरे र आयोगका संरक्षण अधिकृत गणेश अर्याल रहनुभएको छ। टोलीमा निजी तथा आवासीय विद्यालय संघ -प्याब्सन) र नेपाल उद्योग बाणिज्य महासंघका एक - एक जना प्रतिनिधि विराटनगरबाट सम्मिलित हुनुहुनेछ।

टोलीले पर्ूवाञ्चल क्षेत्रका मानव अधिकारसम्बन्धी समस्या समाधानका लागि सम्बन्धित सम्पर्ूण्ा पक्षबाट सहयोगको अपेक्षा राखेको छ।

-केदारप्रसाद पौड्याल)

प्रवक्ता