Archive ref no: NCA-19472
भ्रामक समाचार प्रकाशित भएकोमा स्थानीय बासिन्दाहरुद्वारा कडा प्रतिक्रिया
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित एक बिद्यालयमा सुरक्षाफौजले बेश क्याम्प खडा गरेको भनि गत श्रावण १८ गते राजधानीबाट प्रकाशित एक दैनिक पत्रिकाले भ्रमपूणारुपमा संप्रेषण गरेको उक्त समाचारलाई लिएर यहि श्रावण १९ गते स्थानीय जनसमुदायहरुले ठुलो संख्यामा बिरोध जुलुश निकालेका छन् । सो बिरोध जुलुशमा ठुलो संख्यामा निस्किएका स्थानीय नरनारीहरुले उक्त भ्रमपूण समाचारको कारणले सुरक्षाफौजको मनोबलमा नकारात्मक असर पुगेको महशुस गरी "शान्ति सुरक्षा चाहिन्छ, चाहिन्छ", "सुरक्षाफौज विरुद्ध षडयन्त्र गर्ने मर्दावाद" "शाही नेपाली सेना जिन्दावाद" भन्ने जस्ता नाराहरु लगाएका थिए । साथै उक्त भ्रामक समाचार संप्रेषण गर्ने स्थानीय पत्रकारले आफुले संप्रेषण गरेको वास्तविक समाचारलाई उक्त पत्रिकाले बंग्याएर प्रकाशित गरेको समेत स्वीकारेको कुरा स्थानीय बासिन्दाहरुले बताएका छन् ।
RNA HQ
08 August 2005