2005-08-07 - press release - NA२०६२-०४-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19466 अभिलेखालय सि. नं.: NCA-19466

सुशोभन समारोह सम्पन्न

श्री ५ महाराजाधिराज सरकारबाट असिम निगाह बक्स भएको परदेश सेवा पदक, परदेश सेवा पदकको खुकुरी तथा नगद पुरस्कार, संयुक्त राष्ट्र संघको आव्हानमा कंगोमा शान्ति स्थापनार्थ कार्यरत श्री श्रीनाथ गण (शान्ति सेना) तेश्रो डपफाको तेश्रो टोली सफलतापूवक आफ्नो कार्यकाल पुरा आज स्वदेश फिर्ता भएका सकल दर्जाका २३४ जनालाई गौचरस्थित व्यारेक हातामा आयोजित सुशोभन समारोहमा आजै उपत्यका पृतनापति उपरथी श्री दिलीप कार्कीले उक्त पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा अन्य रथीबृन्द तथा सेनानी समुहको समेत उपस्थिती रहेको थियो ।

RNA HQ
07 August 2005