Archive ref no: NCA-19401
आतंककारीहरुले गरेका ज्यादती
विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले आज श्रावण १७ गते पर्सा जिल्लाको बीरगञ्ज उप-महानगरपालीकास्थित भिएसो इलाकामा बम विष्फोटन गर्राई स्थानीय ३ जना वालिकाहरुलाई सख्त घाइते बनाएका छन् ।
यसै गरी आतंककारीहरुले मिति २०६२ श्रावण १६ गत इलामबाट बिर्तामोडतर्फआउँदै गरेका ६ वटा यात्रु बाहक बसलाई हर्कटे इलाकामा आइपुग्दा यात्रा गरिरहेका व्यक्तिहरुसँग तथा बसमा भएको नगद तथा जिन्सी धनमाल लुटपाट गर्नुका साथै बसका केही यात्रुहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।
साथै आतंककारीहरुको एक समूहले गत श्रावण ११ गते अछाम जिल्लाको बिनायकस्थित उच्च मा.बि. का २ सय वालबालिकाहरुलाई आफूहरुले संकलन गरेको विभिन्न खाद्यान्नहरु बोकाई सोही जिल्लाको सान्तडा इलाकातर्फलगेका छन् ।
RNA HQ
01 August 2005