2005-08-01 - press release - NA२०६२-०४-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19400 अभिलेखालय सि. नं.: NCA-19400

सुरक्षाफौजको कारवाहीमा १ (एक) आतंककारीको मृत्यु

आज मिति २०६२ श्रावण १७ गते सुरक्षाफौजले सञ्चालन गरेके खोजतलासको कारवाहीको क्रममा दार्चुला जिल्लाको ब्रम्हदेव गा.बि.स.को टिमुरपाटा इलाकामा सुरक्षाफौजको कारबाहीबाट आतंककारी समूहका कथित एरिया कमिटी मेम्वर जयसिंह ठगुन्ना "विनायक" उपनाम गरेका १ आतंककारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१, सो को गोलीहरु तथा सकेट बमहरु बरामद गरेको छ ।

RNA HQ
01 August 2005