2005-07-30 - press release - NA२०६२-०४-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19386 अभिलेखालय सि. नं.: NCA-19386

शंकास्पद समूहमाथि सुरक्षाकर्मीद्वारा नियन्त्रण

हिजो मिति २०६२ श्रावण १४ गते राति काठमाण्डौ जिल्लाको चावहिलस्थित मालपोत कार्यालयको सुरक्षार्थ खट्टएका सुरक्षाकर्मीमाथि केही शंकास्पद समूहले ढुगांमुढा गरे पछि सुरक्षाकर्मीले उक्त क्रियाकलाप बन्द गर्न चेतावनी दिँदा दिँदै पनि सो को वेवास्ता गरी हुलदंगा गर्ने कार्य नरोकेको साथै ढुंगामुढा गरी सुरक्षाकर्मीलाई र्घाईते बनाए पछि बाध्य भई आत्मरक्षाको लागि फायर गर्दा एक व्यक्ति घाइते भएका छन् । घाइतेको हाल छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार भइरहेको छ । सो घटनामा संलग्न अन्य ३ जनालाई समेत नियन्त्रणमा लिई आवस्यक सोधपुछको कार्य भैरहेको छ ।

RNA HQ
30 July 2005