2005-07-30 - press release - NA२०६२-०४-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19383 अभिलेखालय सि. नं.: NCA-19383

आतंककारीहरुले गरेका ज्यादती

विभिन्न ज्यादतीपूण क्रियाकलापहरु प्रदर्शन गरी र्सवसाधारण व्यक्तिहरुमाथि आतंक मच्चाई आफ्नो कायरता प्रस्तुत गर्दै आएका आतंककारीहरुले आज मिति २०६२ श्रावण १५ गते इलामबाट झापातर्फआउँदै गरेको माइक्रोबसमा यात्रा गरिरहेका स्थानीय विकास अधिकारी पशुपतिनाथ आचार्य सहित ७ जना व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन ।

साथै आतंककारीहरुको एक समुहले यही श्रावण १२ गते दोलखा जिल्ला नाल्दु इलाका निवासी राजन घिमिरेलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन ।

यसै गरी निर्दोष एवं निहत्था र्सवसाधारणहरुलाई निर्मम हत्या गरी आफ्नो दानवीय चरित्र प्रदर्शन गर्ने क्रममा आतंककारीहरुको एक समुहले यहि श्रावण १३ गते कन्चनपुर जिल्लाको सुडा इलाकामा पसल गरी बस्ने गणेश पाण्डे नाम गरेका एक निर्दोष तथा निहत्था र्सवसाधारण व्यक्तिलाई गोली प्रहार गरी विभत्स हत्या गरेका छन ।

RNA HQ
30 July 2005