2005-07-29 - press release - NA२०६२-०४-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19379 अभिलेखालय सि. नं.: NCA-19379

बरामद

मिति २०६२ श्रावण १२ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुनसरी जिल्लाको सेउती इलाकाबाट बन्दुक नाल-१, कास्की जिल्लाको पुरनचौर इलाकाबाट बाल्टिन बम-१, सकेट बम-५, सुतली बम-४, डेटोनेटरहरु, तार ५०० मिटर एवं वायर कटरहरु, विविध बन्दोवस्तिका सामानहरु तथा यही श्रावण १३ गते कास्की जिल्लाकै टक्सार इलाकाबाट सकेट बमहरु, विद्युतीय धराप सञ्चालनमा प्रयोग हुने उपकरणहरुका साथै आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

यसै गरी पर्सा जिल्लाको सिवर्वा र गर्दौल इलाकाहरुमा चोरी पैठारी गरी अवैध रुपमा ल्याएको २१ बोरा रासायनीक मल, २ बोरा चिनी तथा सोही दिन महोत्तरी जिल्लाको गौशाला इलाकामा चोरी गरी अबैधरुपमा लुकाई छिपाई राखेको धातुको मुर्ति-४ समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
29 July 2005