2005-07-29 - press release - NA२०६२-०४-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19377 अभिलेखालय सि. नं.: NCA-19377

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारणहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो दानवीय चरित्र प्रदर्शन गर्दै आएका आतंककारीहरुले आज श्रावण १४ गते विहान झापा जिल्लाको विरिङ्गखोला इलाकामा आइपुगेको एउटा यात्रुबाहक बसलाई मानवीय कानूनको ठाडो उल्लंघन गर्दै मट्टतिेल र्छर्किएर आगो लगाई दिएका छन् । यसै गरी आतंककारीहरुको एक समुहले यही श्रावण १३ गते राति साँढे ११ बजे बारा जिल्लाको उत्चेडी गा.वि.स.४ स्थित एक र्सवसाधारणको घरमा पसी स्थानीय एक महिलालाई छातीमा गोली प्रहार गरी गम्भीर घाइते बनाएका छन् । साथै आतंककारीहरुले कार्यालयतर्फ आउने क्रममा रहेका नवलपरासी जिल्लास्थित ग्रामिण विकास बैंक बर्दघाट शाखामा कार्यरत एकजना कर्मचारीलाई बाटोमै नियन्त्रणमा लिई निजको साथमा रहेको १२ हजार ९९ रुपैँया लुटि लगेका छन् । साथै आतंककारीहरुले यही श्रावण १० गते ओखलढुंगा जिल्लाको ठूलाछाप इलाका निवासी भक्तलाल कटुवाल, गौरीमाया कटुवाल, शेषराज कटुवाल र बासुदेव कोइराला नाम गरेका स्थानीय व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुले यही श्रावण ११ गते राती पाँचथर जिल्लाको जोरपोखरी इलाकादेखि ३ किलोमीटर टाढा रहेको स्थानीय बासिन्दाहरुले दैनिक उपभोग गर्दै आएको खानेपानीको पाईप लाइन काटी र्सवसाधारण व्यक्तिहरुलाई पानी पिउनबाट बञ्चित गर्राई आफ्नो कायरता प्रदर्शन गरेका छन् ।

RNA HQ
29 July 2005