2005-07-28 - press release - NA२०६२-०४-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19367 अभिलेखालय सि. नं.: NCA-19367

श्री ५ महाराजाधिराज सरकारबाट निरीक्षण कार्यक्रम सम्पन्न

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकार आज मिति २०६२ श्रावण १३ गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल सवारी होइबक्स्यो । उक्त अवसरमा संयुक्त राष्ट्र संघको आव्हानमा कंगोमा खट्टिजाने श्री नयाँ गोरख गण (शान्ति सेना) चौथो डफ्फा तथा बुरुण्डीमा खट्टिजाने श्री गोरखनाथ गण (शान्ति सेना) तेश्रो डफ्फाद्वारा प्रस्तुत प्रदशनीको नजर तथा निरीक्षण गरिबक्स्यो ।

सो अवसरमा श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव सरकारको समेत समुपस्थिती रहेको थियो ।

साथै उक्त अवसरमा मन्त्री परिषदका सम्माननीय उपाध्यक्ष श्री किर्तिनिधी विष्ट, सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापा, रक्षा सचिव लगायत अन्य उच्च पदस्थ सैनिक अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

सोही अवसरमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट Mission मा खट्टिजाने दुबै गणका सकल दर्जाहरुलाई बक्स भएको सन्देश मन्त्री परिषदका उपाध्यक्ष श्री किर्तिनिधी बिष्टले पढेर सुनाउनु भयो । साथै उक्त अवसरमा उपाध्यक्ष श्री बिष्टले आफ्नोतर्फाट समेत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

RNA HQ
28 July 2005