2005-07-27 - press release - NA२०६२-०४-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19365 अभिलेखालय सि. नं.: NCA-19365

बरामद

मिति २०६२ श्रावण १० सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको क्रममा उदयपुर जिल्लाको बेलटार इलाकामा यात्रुबाहक बसमा यात्रा गरिरहेका "चट्याङ्ग" उपनाम गरेका एक आतंककारीलाई नियन्त्रणमा लिनुको साथै निजको साथमा रहेको सकेट बमहरु, डेटोनेटर-३, विभिन्न हतियारको गोलीहरु, विद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु, विष्फोटक पदार्थ, नगद २ हजार ४ सय ६४ रुपैयाँ, आतंककारी दस्तावेज एवं विविध वन्दोवस्तीका सामानहरु समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
27 July 2005